arrow

प्रधानमन्त्रीलाई गगनको चेतावनी: मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नु [भिडियो]

हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
gagan-thapa-samsad.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् । 

उनले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को भारी नबोक्न कानुन मन्त्री एवं कांग्रेस उपाध्यक्ष धनराज गुरुङलाई आग्रह गरे । 
 
थापाले भने,'प्रधानमन्त्री जी मसँग बहुमत छ, सबै सांसद थपडी बजाउन आएका हुन भनेर 'डन्ट टेक अस् ग्रान्टेड' । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ