arrow

एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्डको टोली नेपालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
cameron-s-alford-mcc-vp.jpg

काठमाडौँ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौँमा आइपुगेको छ ।

नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय टोली नेपाल आएको हो । एमसीसी बुधबारबाट कार्यान्वयन गर्ने भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।

त्यसका लागि अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आएका हुन् । एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी संसदले २०७८ फागुन १५ गते अनुमोदन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ