arrow

एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिष्ट पार्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
mcc-birodh-2r424244244.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसद बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन् । 

हिजो बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनका विरुद्ध आज देशब्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् । 

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बुधबार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौँ उपत्यकामा भने माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ