arrow

कार्यान्वयनमा आयो एमसीसी परियोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
mcc-agreement-2080-05-13.jpg

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।

बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र  एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । 

पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए । 

उनले विद्युत् प्रशारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुशी व्यक्त गरे । 

यससँगै एमसीसी परियोजनाले तोकिएको काम, कारबाहीहरु प्रारम्भ गर्नेछ । पाँच वर्षभित्र अब यो परियोजना सम्पन्न हुनुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ