arrow

माधव भन्छन् – एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
madhavkumar-nepal-2080-04-06.jpg
तस्बिर – फाइल ।

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालञ्ज कर्पोरेशन (एमसीसी) सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् । 

नेपालको संविधानभन्दा माथि कुनै कानून हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ