- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पूर्वयुवराज पारस शाह बिमार भएका छन् । उनलाई पुरानो रोगले च्यापेपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।
हाल पारसको स्वास्थ्य सामान्य रहेको अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माकाे भनाइ छ ।
उनलाई यसअघि पनि मुटुमा समस्या रहेको थियो । उनको नर्भिक अस्पतालमा शल्यक्रिया भएको थियो ।