arrow

भारतले तीन देशलाई चामल निर्यात खुलाउँदा नेपाल किन परेन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
rice_In_Bhairahawa.jpeg

काठमाडौँ । भारतले चामलको निर्यातमा लगाएको प्रतिबन्धमा केही खुकुलो गरे पनि नेपालमा भने अझै प्रतिबन्ध नै रहेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तीन देशका लागि बासमती बाहेकका चामलमा लागेको निर्यात प्रतिबन्ध खुला गरिएको जनाए पनि नेपाललाई भने अझै प्रतिबन्धमै राखेको छ । 

मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार भुटान, सिंगापुर र अफ्रिकी मुलुक मरिससका लागि मात्र चामल निर्यात खुला गरिएको हो ।

तर नेपाललाई भने खुला गरेन । भारतीय सञ्चारमाध्यमका अनुसार निर्यात खुला गरिएका देशहरुमा चामलको परिणाम पनि तोकिएको छ । 

भुटानमा हाललाई ७९ हजार मेट्रिक टन, सिंगापुरका लागि ५० हजार मेट्रिक टन र मरिससका लागि १४ हजार मेट्रिक टन चामलको निर्यात खुलाइएको छ ।

गत जुलाई २० तािरखबाट भारतले बासमती बाहेकका चामलमा निर्यात प्रतिबन्ध लगाएको थियो । 

केही दिनअघि उसिना चामलको निर्यातमा पनि २० प्रतिशत महसुल लगाउने निर्णय भारत सरकारले गरेको थियो ।

भारतले पटक(पटक निर्यातमा गर्ने यस्ता कडाइका कारण नेपाली बजारमा खाद्यान्नको मूल्यमा उच्च उथलपुथल भइरहेको छ ।

नेपालमा मात्र होइन अमेरिकामा लागेको प्रतिबन्धले त्यहाँ बस्ने प्रवासीहरुले चामल नै किन्नमा कमी गरेकोसमेत समाचार आएको थियो । 

यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादमा नेपालमा चामल निर्यातमा कुनै रोक नलगाएको जनाएका थिए । 

यसबारे भने अझै स्पष्ट हुन सकेको छैन । नेपालले गहन रुपले भारतसँग यसबारेमा कुरा नगरेको बुझिन्छ । 

नेपालमा भने चामलको भाउ निकै नै आकासिएको छ । सरकारले अहिलेसम्म यसको अनुगमन गरेको पाइएको छैन । भारतसँग चामलका लागि थप पहल गरेकोसमेत पाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ