arrow

वीपी साहित्य महोत्सवको दोस्रो दिन, यस्तो छ आजको कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
bp-sahitya.jpg

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित    वीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिन वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिँदै छ ।

दोस्रो माक्र्स, गान्धी र वीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन् । सहजकर्ता शङ्कर तिवारी रहेका छन् । 

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजकर्तामा  वीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुदैछ ।  हरि शर्मा, विपन अधिकारी, अच्युत बाग्ले र मञ्जला झा बक्ता रहेका छन् । कार्यक्रम १२: १० बजेबाट शुरु हुनेछ । 

साथै आजका कार्यक्रममा  वीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । 

पहिलो दिन  ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी महोत्सवको थालनी गरिएको थियो। त्यसपछि वीपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिए। वीपीका दृष्टिमा वीपी, वीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन भएका थिए । 

भोली तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि वीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन् । त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र वीपी, समय र सबाल्र्टन, वीपीका आख्यानमा नारी, परिवारले बुझेका वीपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

महामानव वीपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘वीपी साहित्य महोत्सव’ भइरहेको हो । 

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले वीपी जन्म जयन्तीका अवसरमा वीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक वीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष वीपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ