arrow

गगनले यसरी सम्झिए सुवासलाई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
gagan-subash-dead.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।

मंगलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताए । 

उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे । उनले ०६२-०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उन साझा व्यक्तिको रूपमा स्थापित भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ