arrow

पशुपति मन्दिरभित्रको भिडियो बाहिरिँदा पनि कोष तमासे

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
pashupati-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आराध्यदेव पशुपतिनाथको मन्दिरभित्रको दृष्य कसैले पनि खिच्न पाइँदैन । अर्थात् पशुपतिभित्र न क्यामेरा लैजान पाइन्छ न त जुत्ता चप्पल लगाउन नै पाइन्छ । 

तर अहिले एउटा भिडियो भाइरल भएसँगै पशुपतिको जिम्मा लिएर बसेको पशुपति क्षेत्र विकास कोष भने तमासे भएर बसेको स्पष्ट भएको छ । 

राइजिङ रुद्र टीभी नामक एक युट्युबमा अहिले भिडियो सार्वजनिक भएपछि भने वर्षौँदेखिको भिडियो रोक्ने प्रयास असफल भएको हो । 

गेटमा बाहिरबाट भित्र छिर्ने बेलामा सुरक्षा कडिकडाउ नै हुन्छ । त्यतिमात्र नभएर भित्र पनि सुरक्षा कडिकडाउ नै गरिएको हुन्छ । 

त्यति हुँदा पनि यसरी भिडियो बाहिरिनुले कोषको सुरक्षा संयन्त्र कस्तो रहेछ भन्ने पनि स्पष्ट भएको छ । 

गत सोमबार दिउँसो ३ः३० बजे यो भिडियो सामाजिक संजालमा अपलोड गरिएको थियो । तर अहिलेसम्म कोषले कुनै कानूनी कारबाही गरेको छैन । 

यस सम्बन्धमा पशुपति विकास कोषका निर्देशक घनश्याम खतिवडा भने कारबाही प्रक्रिया अगाडि बढेको बताउँछन् । उनले भोलिसम्ममा कारबाही भइसक्ने बताए । 

उनले यो भिडियो राख्ने भारतीय भए पनि नेपालमै बसिरहेको व्यक्ति हुन सक्ने आशंका गरेका छन् । 

पहिलो त पशुपतिको भिडियो खिच्नै पाइँदैन । त्यसमाथि सामाजिक संजालमा राखेको चार दिन भइसक्दासमेत भिडियो हटाउन कोषले सकेको छैन । 

भिडियो हटाउनै यति धेरै समय लगाउने कोषले भिडियो खिचेर हाल्नेलाई कहिले पक्राउ गर्ला र कारबाही होला भनेर प्रतिक्षा गर्नुको विकल्प छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ