arrow

बहाना शान्ति प्रक्रिया नसकिएको

चार वर्षअघि नै अवकाशबाट रोकिएका कर्णेल अधिकारीको फेरि तीन वर्ष म्याद थप्ने प्रयास

माओवादी लडाकुलाई सेनामा समायोजन गरिँदा कर्णेल पाएका प्रतीक्षा असोज १ बाट अवकाशमा जान लागे पनि प्रचण्ड सरकार जागिर थमौती गर्ने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
army-maoist-ladaku-yambahadur-adhikari-colonel.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई जानबाट रोक्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय उच्च स्रोतका अनुसार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिँदा सबैभन्दा माथिल्लो दर्जा (कर्णेल) पाएका यामबहादुर अधिकारी (प्रतीक्षा) असोज १ बाट अवकाशमा जान लागेको तर सरकारले रक्षा मन्त्रालयलाई पत्रचार गरेर जागिर थमौती गर्ने तयारी गरेको छ । 

कर्णेल अधिकारीको यसअघि नै अवकाश सकिएको थियो । २०७६ असोजमै सकिएको भए पनि सैनिक नियमावली अनुसार  एकपटकका निम्ति सहायक रथीमा पदोन्नती दिन सकिने व्यवस्थालाई टेकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बढुवा गरेको थियो । 

 त्यसको म्याद चार वर्षको हुन्छ र असोज १ गते सकिदैछ । फेरि पनि सरकारले सैनिक नियमावली अनुसार चाहँदा अर्को तीन वर्ष म्याद थपिन सक्ने व्यवस्थालाई पछ्याउदै थप तीन वर्ष जागिर थमौती गर्न लागेको स्रोतको दाबी छ । 

प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेपछि असोज १ को म्याद गुज्रनु अघि नै रक्षा मन्त्रालयलाई पत्रचार गरिसकेको स्रोतले जनाएको छ  । यद्यपि यो पुष्टि भने भएको छैन  । 

तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ बनेका थिए । उनलाई २०७६ असोज १ मा बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो । 

सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरेको थियो । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको असोज १ बाट पद स्वतः खारेज हुनुपर्ने हो । 

विशेष पद भएकाले स्वतः खारेज हुनुपर्नेमा प्रधानमन्त्रीले म्याद थपको तयारी गरेको स्रोतले जनाएको छ । विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए । 

त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए । त्यतिबेला शान्ति प्रक्रिया अझै सकिइनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुनसक्ने सैनिक अधिकृतहरुले बताएका थिए । 

किनकि उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमाण्ड कोर्स’ पूरा गरेका थिएनन् । उनको म्याद थमौतीमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का मौन बसेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ