arrow

गठबन्धनको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छः प्रकाशमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् । 

 मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै यस्तो बताएका हुन्। 

उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए । 

उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । 

उनले पार्टी भित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रिय समितिले गरेको निर्णय आधिकारिक हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ