arrow

विद्यार्थीलाई गगन मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
gagan-thapa-2080-06.jpg

काठमाडौँ ।  जिन्दगीमा सबैभन्दा ठूलो कुरा खुशी नै भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

काठमाडौँमा आयोजित विद्यार्थी सम्मिलित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई जीवनमा खुशी हुनुपर्ने बताएका हुन् ।   

उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरूले सफलताको भोक पनि राख्नुस् ।'

उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानोतिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए । 

उनले थपे,' पाँच पटक प्रधानमन्त्री भएको मान्छेलाई छ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला कि भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाँच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आशा नगर्ने हो । कर्म इमानदारी साथ गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ