arrow

लोकसेवाको परीक्षामा एकले निकाले नाम, छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
nyaa-parishad-nyaa-sewa-aayog.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए । 

साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ