arrow

भएन सहमति : शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने 

सरकार र शिक्षकहरूको वार्ता निष्कर्षविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
teacher-andolan.jpg

काठमाडौं । सरकार र शिक्षकहरूको वार्ता निष्कर्ष विहीन बनेको छ ।  

सरकारले विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग आज बिहान गरेको वार्ता  निष्कर्ष विहीन भएको हो । 

बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । 

यससँगै शिक्षकहरूको आज पनि प्रदर्शन गर्ने भएका छन् । आज शिक्षकहरूले बानेश्वरबाट माइतीघरसम्म प्रदर्शन गर्ने भएका छन् । 

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।

सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । 

छलफलमा सहमति नभएपछि गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ