arrow

मलङ्गवामा अनिश्चितकालीन कर्फ्यू 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
sarlahi.jpg
फाइल तस्बिर

मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ ।  दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू ) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले  गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू  आदेश जारी गरेको हो । 

 मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा-३ मा  विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू  आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कर्फ्यू  आदेशमा भनिएको छ ।  कर्फ्यू  आदेशपछि अहिले मलङ्गवाको  स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ