arrow

बङ्गलादेश सेनासँग बढेको संलग्नता सकारात्मक सङ्केत : भारतीय रक्षा मन्त्रालय

logo
एजेन्सी,
प्रकाशित २०८० भदौ ११ सोमबार
india-defence-ministry.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। भारतीय रक्षा मन्त्रालयले बङ्गलादेशको सेनासँगको बढ्दो संलग्नतालाई सकारात्मक सङ्केतको रूपमा व्याख्या गरिएको छ। भारत र बङ्गलादेशबिच पाँचौँ वार्षिक रक्षा संवादपछि रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कुरा बताइएको हो।

बङ्गलादेशको दुई दिने भ्रमणमा रहेका रक्षा सचिव गिरिधर अरमानेले आफ्ना बङ्गलादेशी समकक्षी लेफ्टिनेन्ट जनरल वाकर–उज–जमान, सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ अफिसरसँगको बैठकको सह अध्यक्षता गरेका थिए।

‘दुवै देशका सशस्त्र सेनाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको खोजी जारी राखेका छन् र बढ्दो संलग्नता दुवै देशको सम्बन्धको भविष्यका लागि सकारात्मक सङ्केत हो,’ मन्त्रालयले भनेको छ।

भारत र बङ्गलादेश बीचको वार्षिक रक्षा संवाद दुई राष्ट्रहरू बीचको उच्चतम संस्थागत अन्तरक्रियात्मक संयन्त्र हो, रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

विज्ञप्तिमा भनिएको छ, ‘वार्तामा दुवै देशले दुई सशस्त्र सेनाबीचको सम्बन्धको भावी दिशाको रेखाचित्रमा यसको महत्वलाई उजागर गरेको छ।
भेटमा दुई देशबीच चलिरहेको रक्षा सहयोग गतिविधिको समीक्षा हुनुका साथै दुवै पक्षले बढ्दो रक्षा सहयोग संलग्नताप्रति सन्तुष्टि व्यक्त गरेको मन्त्रालयले जनाएको छ। वार्ताले विद्यमान द्विपक्षीय अभ्यासलाई समेटेको छ र दुवै पक्ष यी अभ्यासहरूको जटिलता बढाउन सहमत भएका छन्,' विज्ञप्तिमा थपिएको छ।

गिरिधर अरमाने र लेफ्टिनेन्ट जनरल वाकर-उज-जमानले फलदायी वार्तालाई स्वीकार गर्दै पाँचौँ वार्षिक रक्षा संवादमा भएको साझा समझदारीका आधारमा दुवै देश निरन्तर संलग्नताका लागि तत्पर रहेको कुरामा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ