arrow

बागमती एमाले

बागमतीमा लुम्बिनीको जस्तो अवस्था नदोहोर्‍याउन केपी ओलीको निर्देशन

आकाङ्क्षी धेरै, सर्वसम्मतको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
kp-sharma-oli-uml.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती प्रदेशको अधिवेशनबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । प्रदेशको नेतृत्व लिन आकाङ्क्षी धेरै देखिएपछि उनले सो निर्देशन दिएका हुन् । तर लुम्बिनीमा ओलीको निर्देशन उल्लङ्घन भई निर्वाचन भएको थियो । 

बाग्मती प्रदेशमा पनि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशव पाण्डे र चितवनका कृष्णभक्त पोखरेलले चाहाना राखेपछि उनीहरू मध्येबाट सर्वसम्मत बनाउन ओलीको निर्देशन रहेको छ । त्यसैगरी काठमाडौंका सानु श्रेष्ठ र दोलखाकी रचना खड्काले पनि अध्यक्षको चाहाना राखेका छन् । यद्यपि उनीहरूको हकमा ओलीले केही बोलेका छैनन् । ‘लुम्बिनीको जस्तो अवस्था नदोहोर्‍याउन पार्टी अध्यक्षको निर्देशन रहेको छ’, बाग्मती प्रदेशका एक नेताले भने ।

उता दोलखाका डबल पाण्डेले उपसचिव र इश्वरचन्द्र पोखरेलले उपाध्यक्षका लागि लबिङ गरिरहेका छन् । त्यस्तै सचिवका लागि सिन्धुपाल्चोकका सुवास कर्माचार्यलाई सर्वसम्मत बनाउने कोसिस भइरहेको छ । एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ । 

काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।  हालका अध्यक्ष  केशवराज पाण्डेले नेतृत्वको चयन सकेसम्म सर्वसम्मत हुने बताए छन् ।  अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउँदै नेतृत्व चयनमा पनि समस्या नभएको दाबी गरे ।  एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

बाग्मतीमा मात्र होइन एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन यही असोज १० र ११ गते हुँदै छ । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै हुनेछ । अधिवेशन नजिकिँदै जाँदा अध्यक्षमा ५ जना दाबेदार देखिएका छन् । यसअघि अधिकांश केन्द्रीय स्तरका नेताहरूले अध्यक्षको दाबी गरेका छन् । 

प्रदेश अध्यक्ष पोलिटब्युरो सरह हुने भएपछि पोलिटब्युरोका नेताहरू अध्यक्षका लागि सर्वसम्मत हुने कोसिसमा छन् ।  अध्यक्षका लागि सल्यानबाट पोलिटब्युरो सदस्य गुलाबजंग शाह र कालिकोटबाट केन्द्रीय सदस्य प्रेमबहादुर सिंह प्रतिनिधि बनिसकेका छन् । 

अध्यक्षकै आकाङ्क्षी देखिएका हालका उपाध्यक्ष जाजरकोटका लालबहादुर महतारा, प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाही र दैलेखका राजबहादुर शाही पनि प्रतिनिधि छनोट भएका छन् ।  यस्तै, सुर्खेतका ध्रुवकुमार शाही पनि अध्यक्षका आकाङ्क्षी छन् । यसबाहेक केन्द्रीय सदस्यहरू विष्णु रिजाल र नीरज आचार्यले पनि आकाङ्क्षा देखाएका छन् । उनीहरू सर्वसम्मत हुने अवस्थामा मात्रै अध्यक्षको आकाङ्क्षी रहेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ