arrow

राष्ट्रपति जनकपुरधाममा, गरे विशेष पूजाअर्चना

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज ८ सोमबार
ramchandra-janakpur.JPG

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम पुगेका छन् । आज बिहान जनकपुरधाममा पुगेर राष्ट्रपति पौडेलले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । 

उनलाई जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गरेका थिए । आधा घण्टा जानकी मन्दिरमा बिताएका राष्ट्रपति पौडेलले  जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण गरेका थिए । 

आहिले जनकपुरधामबाट राष्ट्रपति बाहिरिएका छन् ।  अब महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । 

राष्ट्रपतिलाई स्वागत गर्न  जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुख पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ