arrow

भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ: गृहमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
narayankaji-shrestha-2080-03-07.jpg

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
 
शुक्रवार काठमाडौंमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रियस्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले जनस्वास्थ्य पशुचिकित्सकहरूको भुमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताए । 

उनले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बतउनु भयो । उनले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिवद्ध रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ