arrow

कार्यालय समयमा सरकारी गाडीसहित बियरको चुस्की लगाउँदै उपसचिव 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज १२ शुक्रबार
misuse-goverment-vehicle-2080-06-12.jpg

मोरङ । मोरङको बेलबारीस्थित एक सेकुवा होटलमा उपसचिव स्तरका कार्यालय प्रमुख बताउने एक कर्मचारी सरकारी नम्बर प्लेटको गाडीमा केही कर्मचारीसहित कार्यालय समयमा सेकुवा र बियर सेवन गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका छन् ।

बिहीबार दिउँसो कार्यालय समयमा बेलबारी ३ स्थित रहेको एक होटल अगाडि घण्टौँसम्म ना १ झ ९८२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी रोकि राख्दा आसपासका स्थानीयले चासो राखेका थिए । 

दिउँसो करिब २ बजेको समयमा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला नेतृत्वको बजार अनुगमन टोली अनुगमनका क्रममा त्यस होटल पुग्दा होटेलमा मदिरा सेवन गरिरहेका कोष तथा लेखा नियन्त्रण कार्यालय, रौतहटका उपसचिव बताउने राजन फुयाल हतासमा देखिन्थे । 

केही आत्तिएको अवस्थामा देखिएका उपसचिव फुयाल आफ्नो घर कानेपोखरीको रमाइलो रहेको र घर आउँदा खाजा खान साथीहरुसँग होटेल छिरेको बताए । उनीसँग विराटनगर दूरसंचार कार्यालयका कर्मचारी पनि सँगै रहेका थिए । 

तर उनले आफ्नो नाम बताउन चाहेनन् । अनुगमन पश्चात उक्त सरकारी गाडी अन्यन्त्रै सारिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ