arrow

डेंगी संक्रणबाट घर्तीगाउँका शिक्षकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
dangue.jpg

काठमाडौं । श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका शिक्षक यज्ञबहादुर डाँगीको मृत्यु भएको छ । 

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय डाँगीको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । 

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिएपछि प्रतिष्ठानमा पुर्‍याइएको थियो । 

आइतबार साँझ उपचारका लागि ल्याइएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । 

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ