arrow

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा रविनले जिते एक लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
dishhome-winner-rabin-tamang.jpg

काठमाडौँ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले एक लाख रुपैयाँ जितेका छन् । 

गत सोमबार भएको लक्की ड्रमार्फत रविनले एक लाख जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । 

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । 

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने छन् । 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज च्यानलमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुने पनि डिशहोमले जनाएको छ । 

यो अभियान सीमित अवधिका लागि नेपालभर लागू भएको पनि डिशहोमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ