arrow

विदेश पठाइदिने भन्दै ठगी गर्ने पाकिस्तानी र अजरबैजनी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
thug-pakistani-.jpg

काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै ठगी कार्यमा संलग्न दुई विदेशी नागरिक पक्राउ परेका छन् । पाकिस्तानी र अजरबैजनी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

पाकिस्तान रावलपिन्डीका हाल काठमाडौँ २६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहम्मद र अजरबैजनकी  काठमाडौँ २६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरेको काठमाडौँ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । 

दुवैको मिलेमतोमा चेक गणतन्त्र, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिने भनी वर्क परमिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाइरहेको छ भने जाहेरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई ठमेलमा रहेको एक नियन्त्रणमा लिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ