arrow

इजरेलमा रहेका नेपालीबारे गृहमन्त्रीको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
narayankaji-shrestha-2080-06-07.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरेली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरेलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन् । 

उनले आइतवार इजरेलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरेली राजदूत हनान गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका हुन् । 

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनीहरुले उनीहरू र इजरेलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् । 

नेपाली राजदुत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताएका छन्। 

त्यस्तै इजरेली राजदूत गदरले नेपालीलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ