arrow

टाटा मोटर्सको बडा दसैँ बडा अफर, ७ लाख ३० हजारसम्मको फाइदा प्राप्त गर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
sipradi-tata-motors-dashain-offer-2080.jpg

काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र अनधिकारिक वितरक  सिप्रदी ट्रेडीङ्ग प्रालिले विजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दसैँ बडा अफर सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले टाटा आइस रेन्जका गाडीको खरिदमा ७ लाख ३० हजारसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस योजनामा नगद छुट,  वार्षिक सवारी करमा छुट, एक वर्षको बिमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन्।

यसका साथै टाटा इभी गाडीहरूमा पनि आकर्षक अफरहरू रहेको कम्पनीले जनाएको छ। इभी तथा आइस रेन्जका अफरहरू तथा थप जानकारीका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरूमा सम्पर्क समेत कम्पनीले सुझाएको छ।

बडा दसैँको शुभ अवसरमा ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेन्जका गाडीहरू अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने छ। यस उपहार योजनामा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठान समेत सिप्रदी ट्रेडीङ्ग प्रालिले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ