arrow

दशैँका लागि प्रहरीले ड्रोन प्रयोग गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
drone.jpg

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । यस वर्ष उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । यस पटक सुरक्षाका लागि भिडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताए । उनले भने,' सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छौँ । ड्रोनबाट भिडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’

उनले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताए । उनले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको बताए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताए । तर यात्रुहरूले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भए पनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ