arrow

बागमती प्रदेश सभा अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
bagmati-mantriparisad-2080-06-23.jpg

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदैछ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । 

मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ