arrow

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ विजेता घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
dishhome-rajin-rai-winner.jpg

काठमाडौँ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजिन राईले एक लाख रुपैयाँ जितेका छन् । 

२२ गते सोमबार भएको लक्की ड्र मार्फत राईले नगद रु एक लाख जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । 

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने डिशहोमले जनाएको छ । 

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने छन् । 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने डिशहोमले जनाएको छ । 

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टीभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । 

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू भइरहेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ