arrow

बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
surendra_raj_ach1.jpg
फाइल तस्बिर

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरूको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  बुधवार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले बालिका विरुद्धको हिंसा र बाल यौन दुर्व्यवहार विरुद्धको घटना यदाकदा अझै भइरहेको बताए । उनले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानूनी व्यवस्था भए पनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरू पनि अझै देखिने गरेको बताए । 

उनले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरू नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ