arrow

सरकारी ढिलासुस्तीले लगानी नभित्रिएको अध्यक्ष ढकालको भनाइ [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
rastriya-aarthik-bahas-2080-06-25.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी ढिलासुस्तीका कारण लगानी नआएको भन्दै सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् । 

राजधानीमा भएको ‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ नामक कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष ढकालले अमेरिकी सरकारले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनलाई आधार बनाउँदै नेपालमा लगानी बढाउन सरकारले कमजोरी पनि हटाउँदै जानुपर्नेमा जोड दिए । 

अध्यक्ष ढकालले नेपालमा प्रायः सबै बहुराष्ट्रिय कम्पनीले राम्रो मुनाफा कमाइरहे पनि नयाँ लगानी नआउनु दुःखद पक्ष भएको बताए । उनले यसलाई अर्थतन्त्रमा देखिएको निराशाको एउटा सूचक रहेकोसमेत स्पष्ट पारेका छन् । 

अध्यक्ष ढकालले जेठ १५ को वार्षिक बजेटबाट धेरै आशा गरेको भए आर्थिक मन्दीलाई सम्बोधन गर्ने विषय बजेटमा नअटाउँदा व्यवसायी निराश भएको दृष्टान्त सुनाए । 

त्यस्तै उनले मौद्रिक नीतिलेसमेत निजी क्षेत्रलाई खुशी दिलाउन नसकेको चर्चा गर्दैै आफूहरुले दिएको सुझावलाई समेट्न नसक्नु दुर्भाग्य भएको बताए । 

अध्यक्ष ढकालले महासंघको नेतृत्व सम्हालेको अर्को साता छ महिना पूरा हुँदैछ । ढकालले ७७ वटै जिल्लामा करिब ६ लाख सदस्यहरुको आफ्नो परिवार रहेको भन्दै सबै सदस्यको आशा र भरोसाको केन्द्रलाई आफूहरुले अगाडि बढाउनु पर्ने उल्लेख गरे । 

पूर्णपाठ–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ