arrow

नेपाली नागरिकतासहित चिनियाँ नागरिक भारतबाट पक्राउ, सघाउने दुई नेपाली पनि नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
arrest1.jpg
तस्बिर – फाइल ।

झापा । एक चिनियाँ नागरिक नेपाली नागरिकतासहित भारतबाट पक्राउ परेका छन् । नेपाल–भारतको सीमा नाका काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका उनलाई सोधखोजका क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीको टोलीले पक्राउ गरेको हो । 

सो क्रममा एसएसबीको टोलीले चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा दुई जना नेपालीलाईसमेत पक्राउ गरेको छ। काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ र उनलाई सहयोग गर्ने नेपालीहरु सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन् । 

गाडी चढेर शुक्रबार दिउँसो भारत गएका उनीहरुलाई सोधपुछका क्रममा एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । एसएसबीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए । तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन ।

चिनियाँ नागरिकसहित तीनै जनालाई पक्राउ गरी एसएसबीले खोरीबारी प्रहरीलाई जिम्मा लगाएको छ । भारतीय प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ