arrow

डिशहोम फाइबरनेटको दशैँ अफर, एक वर्षको नयाँ कनेक्सनमा दुई वर्षको सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
dishhome-2080-06-28.jpg

काठमाडौँ । घटस्थापनाको दिनदेखि लागू हुने गरी डिशहोम फाइबरनेटले एक वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई दुई वर्षसम्म इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ-जी राउटर पाउने छन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ-६ राउटर पाउने छन् ।       

डिशहोमले थप जानकारीको लागि आफू नजिकैको डीएच फाइबरनेट डिलर दाइ अथवा आजै नै ०१५९७०३६५ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । यो चाडपर्वमा थप उत्साह ल्याउने "Festive 24 Months Package" अफरको फाइदा लिन आजै डीएच फाइबरनेटको नयाँ कनेक्सन जोड्न पनि डिशहोमले अनुरोध गरेको छ । 

एक वर्षको नयाँ कनेक्सनमा दुई वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ