arrow

नारायणकाजी पुगे बेइजिङ, यस्तो छ कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
narayankaji-china.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ पुगेका छन् । 

बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे ।
उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा  पुगेका हुन् । 

आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षा मन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनेछन् । 

उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।  

यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापन मन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । 

त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्व सूचना केन्द्र र आपत्कालीन ‘कमान्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ