arrow

पार्टी खोलेर चुनाव लड्न पूर्व राजा शाहलाई माधव नेपालको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ्

उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए । 

उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए । उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘ कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । अस्ति भएको निर्वाचन आफैँमा जनमत सङ्ग्रह हो । जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाए । अरूलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ