arrow

उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
narayankaji-china.jpg

काठमाडौँ । अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । 

चीनको भ्रमणमा रहेका श्रेष्ठ अस्वस्थ भएपछि गए राति अस्पताल भर्ना भएका छन् । 

छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। 

उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ । उनको छातीमा स्टेन्ट राखिएको छ ।

अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उनको सचिवालयले जनाएको छ । 

श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ