- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इजरेल । प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हमास र इजरेल बीचको युद्ध जारी छ । हमासले अचानक इजरेलमा गरेको आक्रमणमा परी आजसम्म इजरेलमा करिब १२ सय बढीले ज्यान गुमाएका छन् भने इजरेलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५ सय बढी मानिस मारिएका छन् ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल पुगेका १० नेपालीको पनि नृशंस हत्या भएको छ । उक्त युद्धमा हजारौँ घाइते भएका छन् । कञ्चनपुरका विपिन जोशीसहित २ सय ५० जना हमासको बन्धकमा छन् ।
सोही आक्रमणमा परी नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेल पुगेका नेपाली विद्यार्थीहरुमध्ये निधन भएका चार जनाको शव इजरेल सरकारले इजरेलस्थित नेपाली दूतावासलाई बुझाएको छ ।
नेपाली राजदूत कान्ता रिजाल र इजरेल सरकारका प्रतिनिधिहरूले मृतकहरुप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मृतकहरुमध्ये चार जना विद्यार्थीको शव शनिबार दिउँसोको १:२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउने राजदूत रिजालले बताइन् ।
इजरेलबाट फ्लाइदुबईको उडान एफजेड १२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइदुबईकै उडान नं एफजेड ८३५१ मार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
हवाई तालिकाअनुसार शव आइतबार बिहान काठमाडौँ पुग्नेछ साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको पनि उनले बताइन् । (नेपाल फोटो लाइब्रेरीबाट)