arrow

देश र जनतामाथि घात नगर्न पूर्वराजाको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश र जनतामाथि कुनै पनि प्रकारको घात नगर्न सुझाव दिएका छन् । 

बडादशैँको शुभकामना सन्देश दिँदै पूर्वराजाले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्ने भन्दै ‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन – हाम्रो यही चाहना हो’ भनेका छन् । 

उनले नेपालमा गणतन्त्र आएदेखि नेपालीहरुमा उत्साह र हर्ष नभएको भन्दै त्यतातर्फ पनि ध्यान दिन आग्रह गरेका छन् । 

उनले यो डेढ दशकमा केही पनि राम्रो हुन नसकेको भन्दै एक तिहाई जनसंख्या विदेशमा हुँदा कोही पनि सुखी हुन नसकेको उल्लेख गरेका छन् । 

उनले अगाडि भनेका छन्, ‘डेढ दशक यताका अवधिमा नेपाली उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसंख्या देश बाहिर छ । विदेशिएका र देशमै रहेबसेका दुवैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक र भोकको ताप छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ