arrow

इजरेल युद्धमा परेका थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
israel-killed-student-corps.jpg

काठमाडौँ । इजरेल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । 

उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । 

न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इरेलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरेल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका थिए । 

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, धनुषा सापही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, डोटी लामीखाल ८ का पदम थापा र सल्यान सारदा ३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी पुर्याइ धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरिएको छ । 

केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरेलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ