arrow

दशैँमा जनतालाई सरकारको उपहार

मारमा सर्वसाधारण : दशैँमा दोब्बर मूल्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
falful-fruit-bikri-badhyo.jpeg

काठमाडौँ ।  दशैँका बैला दोब्बर मूल्य वृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् ।  नेपालीहरूको महान् चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको भन्दै सर्वसाधारणहरूले दुखेसो पोखेका छन् । उनीहरूले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए । 

चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । उनीहरूले बजारमा चिनीको अभाव र चामल लगाएका खाद्य सामग्रीहरूको गुणस्तरीयता नभएको समेत बताए । 

विगतका वर्षहरूको भन्दा यस वर्षको दसैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरूको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महँगी बढेको गुनासो गरे । उनीहरूले सरकारले महँगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरूको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरूको भनाइ छ ।

यता फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले भने सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताइन् । उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढे पनि अरू फलफूलमा खासै मूल्य नबढेको बताइन् । उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ