- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई दाङ प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । बाँस्तोला आफैँले चलाएको स्कार्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका– ५ को सिंगेमा शनिबार राति पौने १० बजे बाँस्तोलाले चलाएको बा९च ७१९८ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएपछि चालक बाँस्तोलालाई नियन्त्रण राखिएको हो ।
गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि गाडीचालक बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी रामबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार एसपी केसीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी बाँस्तोला आफैँले चलाएको र गाडीले मोटरसाईकललाई ठक्कर दिँदा चालक चौधरीको मृत्यु भएको थियो ।