arrow

भारतीय तीर्थयात्रु चढेको सुमो मकवानपुरमा दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
tata-sumo-gold.jpeg

मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । 

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी- मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । 

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ