arrow

टीकाको तेस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
dashain.jpg

काठमाडौँ । बडादशैँको टीकाको आज तेस्रो दिन । आश्विन शुक्ल द्वादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ। 

मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । 

विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ