arrow

स्कुटरमा हेटौँडा हिँडेका श्रीमतीको मृत्यु, श्रीमान् घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
bike-accident.jpg

काठमाडौँ । काठमाडौँबाट स्कुटरमा हेटौँडा हिँडेका श्रीमान् श्रीमती दुर्घटनामा परेका छन् । दुर्घटनामा श्रीमतीको मृत्यु र श्रीमान् घाइते भएका छन् । 

स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका छन् । उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । 

उनकी पत्नी ६२ वर्षीय राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७:३० बजे मृत्यु भएको थियो ।

 हेटौँडा जाने क्रममा जुरिखेतको ओरालोमा ०२–०२७–प ४८४२ नं को स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ