arrow

दशैँमा तीन दिन बन्द मनकामना केबलकार खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
manakamana cable car.jpg

काठमाडौं । दशैँमा तीन दिन बन्द मनकामना केबलकार खुलेको छ । 

बडादशैँका अवसरमा दशैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए। 

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ