arrow

टीकाको चौथो दिन

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
dashain.jpg

काठमाडौँ। टीकाको चौथो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी छ । 

आज आश्विन शुक्ल त्रयोदशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको गरिन्छ ।

 घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ । 

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ ।

घरमा आएका नातेदारलाई कोजाग्रत पूर्णिमाकै दिनसम्म यो क्रमले निरन्तरता पाउने गरेको छ ।

मङ्गलवार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ