arrow

पाइलटको पारा

दुई पाइलटबीच विमानस्थलमै हानाहान

साह उपचार गर्न अस्पतालतिर, श्रेष्ठ जहाज उडाएर लुक्लामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
pilot-plane-cartoon.jpeg

काठमाडौँ । नेपालका दुई पाइलटबीच हानाहान भएको छ । रामेछाप विमानस्थल पुगेका दुई पाइलटबीच हानाहान भएको हो ।

तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा हानाहान भएको हो । 

शुक्रबार विमान लिएर  रामेछाप उत्रिएका  क्याप्टेन साह विमानस्थल पुगेसँगै क्याप्टेन श्रेष्ठसँग भिडेका छन् । 

विमानस्थलमा साहले हात मिलाउन खोज्दा श्रेष्ठले धकेलेका थिए । उनी लडेपछि दुई जनाले हानाहान गरेका विमानस्थलका कार्मचारीले बताएका छन् ।   

घटनापछि क्याप्टेन साहले उपचारका लागि अस्पताल तर्फ लागे भने श्रेष्ठ जहाज लिएर लुक्ला पुगेका छन् । 

अहिले घटनाको जाँच  नागरिक उड्डयन प्राधिकरणले गरिरहेको छ । प्राधिकरणले दुवै विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । विमानस्थल परिसरमै हानाहान भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहा निर्देशक जगन्नाथ निरौलाले जानकारी दिए । “राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । 

विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भने ।  एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ