arrow

‘हस्तकला ग्रामको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
parliament-bagmati-province.jpg

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८०’ दर्ता भएको छ ।

प्रदेश सरकारको तर्फबाट पठाइएको उक्त विधेयक आज प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक कार्यसूची तयार पार्ने क्रममा कानुनी प्रक्रिया सुरु गरिसकिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ