arrow

क्रिकेटलाई प्रोत्साहन गर्न क्यानसँग डिशहोम फाइवरनेटको साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
dh-fibernet-can-2080.jpg

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट) नेपालको एक अग्रणी इन्टरनेट सेवा प्रदायकले टी–२० विश्वकप फाइनल एसिया छनोटमा नेपाली टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको छ ।

डिशहोम फाइवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन् ।  

चलिरहेको टी–२० विश्वकप एसिया छनोटको ठूलो महत्व छ र डिशहोम फाइवरनेटको सहयोगमा टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको विज्ञप्तिमा जनाइएको छ । 

डिशहोम फाइवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भने, "हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौँ । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।"
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ