arrow

भूकम्पको क्षतिबाट राष्ट्रपति मर्माहित, उद्धार र राहतमा जुट्न अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको  भुकम्पबाट भएको  मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको  बताएका छन् । उनले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्वार तथा राहतको काममा जुट्न  सरकारलगायत सम्बन्धित सबैलाई अपील गरेको  राष्ट्रपति कार्यालयले सामाजिक संजालमार्फत जानकारी दिएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ